पठान स्टाइकर्सले हात पार्यो टि–१० क्रिकेटको उपाधि

तु खबर संवाददाता
२०८१ मंसिर १६, आईतवार ०९:५०

मकवानपुर । मकवानपुरको हेटौंडामा भएको टि–१० क्रिकेट प्रतियोगिताको उपाधि पठान स्टाइकर्सले हात पारेको छ । नेपाल मुस्लिम इत्तेहाद सङ्गठन मकवानपुर जिल्ला कमिटीको आयोजना भएको उक्त प्रतियोगिताको उपाधि पठान स्टाइकर्सले हात पारेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, हुप्रामा शनिबार भएको फाइनल खेलमा चितवनको रत्ननगर क्रिकेट क्लबलाई ३ रनले पराजित गर्दै पठान स्टाइकर्स उपाधि जित्न सफल भएको हो ।

उपाधिसँगै पठान स्टाइकर्सले नगद १ लाख र उपविजेता बनेको रत्ननगर क्रिकेट क्लबले ५० हजार रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता र उपविजेता समूहलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पुरस्कार हस्तान्तरण गरेका थिए ।