चौथो बकैया कप माघ २२ गतेबाट हुने
मकवानपुर । बकैया कप फुटबल प्रतियोगिताको चौथो संस्करण माघ २२ गतेबाट सुरु हुने भएको छ ।
बकैया–७ को भिरकोट खेल मैदानमा हुने प्रतियोगितामा बकैया गाउँपालिकाभित्र रहेका १२ वटा वडाहरुको १२ वटा टिम सहभागिता रहने बताइएको छ ।
माघ २८ गते सम्पन्न हुने उक्त प्रतियोगिताको उपाधि विजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बकैया गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।
यसैगरी, प्रतियोगितामा अनुशासित टिमलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
