समाचार

जनमतलाई दिइने थप मन्त्रालयको बारेमा सोमबार टुङ्गो लाग्ने

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा सोमबार मात्रै टुङ्गो लगाउने भएको छ । भागबन्डामा खानेपानी मन्त्रालय पाएको जनमत त्यसप्रति असन्तुष्ट भएपछि प्रधानमन्त्री प्रचण्डले आइतबारसम्म त्यसको टुङ्गो लगाउने भनिएको थियो । तर अब त्यो भाका सोमबारलाई सरेको छ । जनमत पार्टीका प्रवक्ता समेत रहेका खानेपानी मन्त्री अब्दुल...

जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको मृत्यु

काठमाडौं । जुम्लामा जडीबुटी मिसाएको खाजा खादा एक जनाको मृत्यु भएको छ भने तीन जना बिरामी भएका छन् । जुम्ला चन्दननाथ नगरपालिका–८ रोकायावाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय दीपक रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ...

मधेश प्रदेशसभाका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश

जनकपुरधाम । मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका...

एमाले सांसद कोइरीलाई पक्राउ गर्न ७७ जिल्लामा सर्कुलर

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर जारी गरिएको छ । गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको हो । नेकपा (एमाले)का सांसद कोइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् । सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी लागिराखेको प्रहरी...

जनकपुरका २ युवकको अपहरणपछि भारतमा हत्या, ५ जना पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुरधामका दुई युवकको अपहरणपश्चात् भारतमा लगेर हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने जगदीश साहका २५ वर्षीय छोरा रोहित र वडा नम्वर–१३ बस्ने रामबाबु साहका २२ वर्षीय छोरा बिष्णुको हत्या भएको प्रहरीले जनाएको छ । आइतबार बिहान भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको फिल्डमा दुबै युवकको...

माओवादी केन्द्रीय सदस्य बलको निधन

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माया बलको निधन भएको छ । केन्द्रीय सदस्य बलको शनिबार निधन भएको हो । बल लामो समयदेखि घाटीको क्यानसरबाट पीडित थिइन् । गृहजिल्ला सर्लाही भएकी उनी तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालन भएको जनयुद्धमा समेत सहभागी भएकी महिला नेतृ हुन् ।

ल्होसार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्होसार पर्व विश्वकै सबैभन्दा पुरानो साँस्कृतिक परम्परा भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होसार पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै नेपालमा ऐतिहासिक एवम् वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताउँदै सो कुरा बताएका हुन्...

सोनाम ल्होसारले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश जारी गर्दै उनले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र...

चीनमा ८० प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि

बेइजिङ । चीनमा ८० प्रतिशत मानिसहरू कोरोना भाइरस (कोभिड) बाट संक्रमित भइसकेका एक प्रमुख सरकारी वैज्ञानिकले शनिबार बताएका छन् । चाइना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख महामारीविद् वु जुनयुले नयाँ वर्षको बिदाको अवधिमा मानिसहरूको ठुलो आवागमनले महामारी फैलाउन सक्ने र केही क्षेत्रमा संक्रमणलाई बढाउने सम्भावना रहेको विबो...

भारतीय नक्कली नोटको कारोबार गरेको आशंकामा जिफन्टका सचिव पक्राउ

काठमाडौं। भारतीय नक्कली नोटको कारोबार गरेको आशंकामा प्रहरीले ट्रेड युनियन महासंघ जिफन्टका सचिव तारानिधी पन्तलाई पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्रमा भारतीय नक्कली रुपैयाँ किन्न खोजेको अवस्थामा रमेश भनेर चिनिने तारानिधीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले पन्त समूहको साथबाट नेपाली १० लाख रुपैयाँ बरामद गरेको...