सहिद दिवसको अवसरमा प्रदेश प्रमुखद्वारा श्रद्धाञ्जली अर्पण

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सहिद दिवस २०७९ मनाइएको छ । सहिद दिवसको उपलक्ष्यमा प्रदेश प्रमुख यादव चन्द्र शर्मा र मुख्यमन्त्री शालिकाम जम्मकट्टेलले हेटौंडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकमा आज बिहान पुष्पगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
बिहान प्रदेशसभाका सभामुख भुवनकुमार पाठक, प्रदेशका मन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिवहरु, नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीका उच्चअधिकृतहरु र विभिन्न राजनीति दलका नेताहरुको उपस्थितिमा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।
सो अवसरमा सहिदहरुप्रति नेपाली सेनाको एक टुकडीले सलामी अर्पण समेत गरिएको थियो ।
सहिद दिवस मनाउन हेटौंडास्थित थानाभर्याङबाट प्रदेश प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, विभिन्न कार्यालयका प्रमुखहरु, मकवानपुरका प्रजिअ, विभिन्न राजनीतिक दलका उच्चस्तरीय नेताहरु र समाजसेवीहरु पैदलयात्रासहित स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गरेको थियो ।