दुर्घटनामा परेर रानाको मृत्यु

तु खबर संवाददाता
२०७९ माघ १६,सोमबार १७:०२
File Photo

कञ्चनपुर । कञ्चनपुरमा सोमकार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेदकोट नगरपालिका–९ दैजीका २७ वर्षीय सुकराम राना रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आइतबार साँझ चानदेउबाट बेलौरीतर्फ जाँदै गरेको से ७ प ५३८४ नम्वरको मोटरसाइकल र नम्वर नखुलेको ट्याक्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा राना गम्भीर घाइते भएको थिए ।

घाइते उनको सोमबार बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक राना मोटरसाइकल चालक हुन् ।

मृतकका आफन्तले ट्याक्टर चालकलाई पक्राउ गर्नुपर्ने भन्दै सोमबार दिउँसो पुर्वपश्चिम राजमार्ग बन्द गरेका थिए ।