धनुषामा ६ जना अभियुक्त हिरासतबाट फरार

तु खबर संवाददाता
२०७९ माघ १६,सोमबार १६:५४

जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन् । राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

भाग्नेहरूमा दुई जना हातहतियार, तीन जना शान्ति सुरक्षा अभद्र व्यवहार र एक जना लागूऔषधसम्बन्धी मुद्दाका हुन् ।

प्रहरीका अनुसार हिरासतमा सात जना थिए । एक जना सवारी दुर्घटना मुद्दाका भने भागेका छैनन् । फरार भएकाहरूको खोजी भइरहेको छ ।