माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिनका लागि स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १८ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार, नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । त्यसमा सहमति जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो ।
पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि मंगलबार बोलाइएको स्थायी समिति बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो ।