बुधबार शेयरबजारमा भारी अंकको गिरावट

तु खबर संवाददाता
२०७९ माघ १६,सोमबार १६:२८

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन शेयरबजारमा गिरावट आएको छ । केही दिनयता बढ्न थालेको शेयरबजारमा आज ब्रेक लागेको हो । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से सूचक आज ४१.०१ अंकले घटेर २१२७ विन्दुमा पुगेर रोकिएको छ ।

नेप्सेमा सूचीकृत २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक होटल तथा पर्यटन सूचकको ३.६१ प्रतिशतले घटेको छ । त्यस्तै, वित्त सूचकको पनि ३.४२ प्रतिशतले घट्न पुगेको छ ।