प्रधानमन्त्री र अमेरिकी उपमन्त्रीबीच भेटवार्ता

तु खबर संवाददाता
२०७९ माघ १६,सोमबार १६:४३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच आज बिहान भेटवार्ता भएको छ ।

उनीहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएका हो । भेटमा द्विपक्षीय सहयोग, आपसी हित र नेपालमा संचालित अमेरिकी सहयोगका कार्यक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएकी नुल्याण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।