बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास

तु खबर संवाददाता
२०७९ माघ १८, बुधबार १७:५८

पोखरा । बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिक–८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीका अनुसार, जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए । आफ्नै शरिरमा आगो लगाएपछि गम्भीर घाइते भएका उनलाई बाग्लुङ अस्पतालमा सामान्य उपचारपश्चत थप उपचारका लागि पोखरा लैजाँदै गरेको छ ।

आत्मदाहको कारण नखुलेको तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।