इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८० श्रावण ९, मंगलवार ०९:२२
सांकेतिक तस्वीर

काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत अवस्थामा फेला परेका छन् ।

बपौडल डिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घटना सोमबार राति साढे १२ बजेतिरको हो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प्रस्थान गरेको र वर्षाका कारण सडक अवरुद्ध हुँदा केही समस्या भएको जनाइएको छ ।