गोली हानेर ‘आत्महत्या’
झापा । झापामा एक जनाले भतिजलाई गोली हानेर ‘आत्महत्या’ गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, जिल्लाको गौरादह नगरपालिका–८ का ३५ वर्षका जीवन शाहको मृत्यु भएको हो ।
यसअघि शाहले आफ्नै भतिज १५ वर्षीय हेमराजलाई गोली हानेको प्रहरीले जनाएको छ । भतिजलाई गोली हानिएभन्दा ५० मिटर उत्तरमा रहेको गेउरिया खोला किनारमा उनलाई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
