श्रीमतीको हत्यापश्चात श्रीमानले गरे आत्महत्या

तु खबर संवाददाता
२०७९ कार्तिक १९, शनिबार १०:१२

दाङ । दाङमा एक युवकले श्रीमतीको हत्यापश्चात आत्महत्या गरेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका–१३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकामगरले ३७ वर्षीया श्रीमती निरु रोकाको हत्या गरेपछि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बिहीबार राति आफन्तको घरमा बास बस्न गएका दुवै जना शुक्रबार बिहान मृत फेला परेका हुन् । प्रहरीका अनुसार, रातिसँगै सुतेका नवीनले निरुको घाँटी थिचेर हत्या गरेपछि आफू अर्को कोठामा गएर झुण्डिएर आत्महत्या गरेका हुन् ।

घरायसी विवाद हत्याको कारण हुनसक्ने प्रहरीको अनुमान छ । उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।