बन्चरो प्रहार गरेर आमाको हत्या, छोरा पक्राउ

तु खबर संवाददाता
२०७९ माघ १८, बुधबार १७:३७

कैलाली । कैलालीमा आमालाई बन्चरो प्रहार गरी हतया गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको लम्की चुहा नगरपालिका–६ बाग माराका ४० वर्षीय श्रीराम थारु रहेका छन् । उनलाई आफ्नै आमा ७१ वर्षीय लगुनी थरुनीको हत्या आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बञ्चरो प्रहारबाट गम्भीर घाइते लगुनीको उपचारको लागि नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको थियो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।