एमाले मकवानपुरगढीको नवनिर्वाचित कमिटीद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०८१ असार १६, आईतवार ०९:५८

मकवानपुर । नेकपा एमाले मकवानपुरगढी गाउँपालिकाको नवनिर्वाचित कमिटीले शपथ ग्रहण गरेका छन् ।

शनिबार मकवानपुरगढी–६ मा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित अध्यक्ष लगायत लेखा संयोजक तथा पदाधिकारी र सदस्यहरुहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष जीत बहादुर घिमिरे र लेखा समिति संयोजक प्रकाश अधिकारीलाई जिफण्ट प्रदेश कमिटीका उपाध्यक्ष तथा निर्वाचन अधिकृत अर्जुन अर्यालले शपथ ग्रहण गराएका थिए भने पालिकाका पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष घिमिरेले शपथ ग्रहण गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष श्रीधर पोखरेल, निवर्तमान अध्यक्ष एवम् बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एकालाल श्रेष्ठ, एमाले प्रदेश कमिटीका सदस्यहरुलगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।