एमाले मकवानपुरका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना

तु खबर संवाददाता
२०८१ असार ३, सोमबार १६:१८

मकवानपुर । मकवानपुर–काठमाडौं सम्पर्क मञ्चले नेकपा एमाले मकवानपुरका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

उक्त मञ्चले एमाले मकवानपुरको १२ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको हो ।

काठमाडौंको बागबजारमा भएको उक्त कार्यक्रममा मञ्चका अध्यक्ष चित्र पुलामी मगरको सभाध्यक्षता एवम् एमाले केन्द्रीय कमिटी सदस्य तथा बागमती इन्चार्ज रुक्मणि राना मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा सम्पर्क समन्वयका संयोजक श्याम कुमार बस्नेत, सदस्यहरु क्रमशः बिनिता सुवेदी, भद्र गोले, बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशोक कुमार ठकुरी, भुगोल जिल्ला कमिटीका अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, सचिव सीता बिष्ट, लेखा कमिटी उपाध्यक्ष नितेश लामिछाने लगायत मकवानपुरे युवा, वुद्धिजिवि, श्रमजिवी, विद्यार्थी, पेशाकर्मी व्यवसायी र नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।