आरक्षण सीट लागु नगर्ने सार्वजनिक बस कारबाहीमा

तु खबर संवाददाता
२०७९ श्रावण १७, मंगलवार १८:३५

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सवारीमा आरक्षण सीट लागु नगर्ने १९ वटा सार्वजनिक बसलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागु नगर्ने सार्वजनिक बसलाई कारवाही गरेको हो ।

जस अन्तर्गत उपत्यका बाहिर चल्ने ४ वटा यात्रुवाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुवाहक बस र १ वटा माइक्रो बसलाई नियम बमोजिम कारवाही गरेको प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । उक्त चेकजाँच अभियानलाई निरन्तर संचालन गरिने उनकोले बताए ।