माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

तु खबर संवाददाता
२०७९ माघ १९, बिहीबार ०८:१३

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

एक नेताका अनुसार, बैठकमा गृह मन्त्रालयको विषयमा सत्ता साझेदार दलहरुबीच भइरहेको खटपट, राष्ट्रपतिको आगामी निर्वाचन, पार्टीका विभागहरुमा नेताहरुको जिम्मेवारी तोक्ने लगायतका विषयमा छलफल हुनेछ ।

यसअघि बुधबार बस्ने तय भएको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यव्यस्तताको कारण स्थगित गरिएको थियो ।