दुर्घटनामा परेर मकवानपुरका चार जना घाइते

मकवानपुर । धरान–चतरा सडकखण्ड अनतरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हासतसुडेस्थित शुक्रबार साँझ सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
शुक्रबार साँझ ६ बजेको समयमा हातिसुडेबाट फापरबारीतर्फ जाँदै गरेको ना ४१ प ३००८ नम्वरको मोटरसाइकल बिपरित दिशा तर्फबाट आउँदै गरेको बा ८६ प ८७०४ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा ना ४१ प ३००८ नम्वरको मोटरसाइकल चालक बकैया–३ बस्ने १७ वर्षीय हिमाल जिम्बा, बा ८६ प ८७०४ नम्वरको मोटरसाइकल चालक स्थानीय १८ वर्षीय बासन्त डङ्गोल, सोही मोटरसाइकलमा सवार स्थानीय बाघमारा बस्ने २३ वर्षीय सुजन गुरुङ र २२ वर्षीय तिर्थ लामिछाने रहेका छन् ।
घाइतेमध्ये जिम्बा, गुरुङ र लामिछानेको चुरेहिल अस्पतालमा र डंगोलको हेटौंडाको मोडेन अस्पतालमा उपचार भई रहेको कवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, घाइतेमध्ये ना ४१ प ३००८ नम्वरको मोटरसाइकल चालक जिम्बाको अवस्थामा गम्भीर रहेको छ ।