ट्याक्टरले ठक्कर दिँदा युवकको मृत्यु

वीरगञ्ज । पर्सामा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको जगरनाथपुर गाँउपालिका–५ चिलझप्टीका २५ वर्षीय विजय मुखिया विनको मृत्यु भएको हो ।
शुक्रबार साँझ साढे ७ बजेको समयमा जिराभवानी–१ स्थित पवित्रा आयल अगाडि ना ३ त २२८७ नम्वरको ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।