शेयरबजारमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०७९ माघ १५,आईतवार १५:४६

काठमाडौं । आज साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८ को विन्दुमा रोकिएको छ ।

नेप्सेसँगै आज कारोबार रकम समेत घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ सूचकमध्ये आज होटल तथा पर्यटन र जीवन बीमा सूचकमा हरियाली छाएको छ भने बाँकी ११ सूचक राताम्य भएका छन् ।