राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा अनन्त थापा

तु खबर संवाददाता
२०७९ माघ १५,आईतवार १६:१२

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले अनन्तलाई भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

थापालाई आइतबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले नियुक्ती पत्र प्रदान गरेका हुन् ।

यस्तै, गंगा गुरुङ सहायक प्रशिक्षक र सुरजकुमार लामा गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । बृन्दा देवान टिम म्यानेजर नियुक्त भएकी छन् ।

नेपालले फेब्रुअरी १३ देखि २५ भित्रमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । घरेलु फुटबलमा ए डिभिजन क्लब नेपाल पुलिसको प्रशिक्षक रहेका अनन्तलाई एन्फाले भारतसँगको खेलका लागि मात्रै प्रशिक्षक नियुक्त गरेको हो ।