अन्तरघातीको सूची पठाउन कांग्रेसद्वारा पुनः म्याद थप

तु खबर संवाददाता
२०७९ माघ १५,आईतवार १६:२२

काठमाडौं । नेपाली कांग्रेसले गत आम निर्वाचनका अन्तरघातीलाई कारबाहीका लागि सिफारिस गर्ने समय पुनः थपेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताको सूची यही माघ १५ गतेसम्म केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।

कांग्रेस सचिव प्रेम केसीले आज एक विज्ञप्ति जारी गर्दै मातहतका समितिबाट म्याद थपका लागि सिफारिस आएपछि अनुशासन समितिले माघ मसान्तसम्मका लागि म्याद थपे गरेको जानकारी गराएको हो ।

यसघि कांग्रेसले पुस १५ मा आफ्ना र गठबन्धनका अन्तरघातीको सूची केन्द्रमा पठाउन भनेको थियो । पुस १० गठबन्धन भत्किएपछि कांग्रेसले पार्टीका उम्मेदवारलाई असहयोग गर्नेको मात्र सूची पठाउन भनेको छ ।