हेटौंडामा निजामती कर्मचारी संगठनको प्रशिक्षणात्मक कार्यक्रम

तु खबर संवाददाता
२०७९ माघ १५,आईतवार १०:०६

मकवानपुर । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मकवानपुरले शनिबार हेटौंडामा वन भोज तथा प्रशिक्षणात्मक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम निजामती कर्मचारी संगठन मकवानपुरका अध्यक्ष यादविन्द्र पौडेलको सभाध्यक्षता एवम् प्रतिनिधिसभा सदस्य तथा एमाले बागमती प्रदेशका उपसचिव महेश कुमार बर्तौला र बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको विशेष आतिथ्यतामा भएको हो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनमा रहेर काम गर्दै आएका संघीय वन तथा वातावरण मन्त्रालयका सहसचिव नवराज पुडासैनी र प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव राम शरण सापकोटालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज विष्णुप्रसाद अर्याल लगायतको आतिथ्यता रहेको थियो ।