अनेरास्ववियूको महाधिवेशन प्रचारमा भित्तेलेखन नगरिने

तु खबर संवाददाता
२०७९ माघ १५,आईतवार १६:०५

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले आसन्न २३ औं राष्ट्रिय महाधिवेशनमा भित्तेलेखन नगरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने प्रचारप्रसार गर्ने भएको छ ।

महाधिवेशनमा भित्तेलेखन गर्दा सहर फोहर हुने भएकाले सामाजिक सञ्जालका माध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक लगायतबाट प्रचारप्रसार गर्ने उपसमितिका संयोजक नरेश रोकायाले जानकारी दिए ।

अनेरास्ववियुकोमहाधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुनेछ ।

महाधिवेशनलाई सूचना प्रविधीमैत्री बनाउन जिल्ला कमिटीले आफ्ना जिल्लामा डिजिटल डिस्प्ले, स्थानीय रेडियो, पत्रपत्रिका र अनलाइनमार्फत प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।