दुर्घटनामा परेर स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौंको स्वयम्भूमा ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नमवर १५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३–०१–००३ क ७५१२ नम्वरको ट्याङ्करले बा ८१ प १७८६ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका वडा नम्वर २४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनी बज्राचार्य रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका बज्राचार्यको महमोहन अस्पताल स्वयम्भूमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सङ्लग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।