हेटौंडा–१९ मा लेखा व्यवस्थापन तालिम सुरु

तु खबर संवाददाता
२०७९ माघ १५,आईतवार ०९:५५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बस्तिपुरमा शनिबारबाट तीन दिने लेखा व्यवस्थापन तालिम सुरु भएको छ ।

तालिम सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना तथा हेटौडा उपमहागरपालिकाको आर्थिक सहयोगमा सुरु भएको हो ।
तालिमको उद्घाटन एक कार्यक्रमबीच हेटौडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदीले गरेका हुन् ।

तालिममा बंशगोपाल माविका प्राचार्य रमेशप्रसाद लामिछाने, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सहजकर्ता सन्ध्या शिवाकोटी र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

तालिममा सव डिभिजन वन कार्यालय, बसामाडी अन्तरगत रहेका विभिन्न सामुदायिक वनका अध्यक्ष, सचिव र कोषाध्यक्ष गरि ३५ जनाले सहभागिता जनाएका छन् ।