राजनीति/ समाज
एमाले पदाधिकारी संख्या १५ हुने
काठमाडौं । नेकपा एमाले पदाधिकारी संख्या १५ हुने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव पौडेलले उठेको प्रश्नको जवाफ दिँदै सो कुराको जानकारी दिएका हुन् । पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर, समूहगत छलफलपछि जवाफ दिने क्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव...
माओवादी हेटौंडा–१ को अध्यक्षमा राजथला, ११ मा आचार्य
मकवानपुर । नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ को अध्यक्षमा स्वस्ती राजथला चयन भएकी छन् । शनिबार भएको वडा सम्मेलनले अध्यक्षमा राजथलालाई चयन गरेको हो । यसैगरी, उपाध्यक्षमा रेवती प्रसाद दाहाल, सचिव संग्राम बल लामा, कोषाध्यक्ष धुर्व थापा, सहसचिव जंगे शिकारी चयन भएका छन् । यस्तै, सदस्यहरुमा...
कांग्रेस मकवानपुरगढी–४ को पहिलो बैठक सम्पन्न
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ को पहिलो बैठक आज (शनिबार) सम्पन्न भएको छ । सो बैठकले गत भदौ २० गते भएको कांग्रेस मकवानपुरगढी–४ को वडा अधिवेशनबाट विभिन्न पदमा चयन हुन बाँकी कार्यसमिति मनोनित गरेको छ । कांग्रेस मकवानपुरगढी–४ का सचिव सोमलाल (भुवन) घलानका अनुसार, बैठकले...
राप्रपा तनहुँको अध्यक्षमा पुनः घर्ती निर्वाचित
तनहुँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल तनहुँ जिल्लााको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित भएका छन् । शनिवार मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती अध्यक्षमा निर्वाचित भएका हुन् ।नेतृत्व चयनका लागि सर्वसम्मत नभएपछि मतदान गरिएको थियो । घर्तीले १२७ मत प्राप्त गरेका छन् भने प्रत्यासी सीता थापाले ६९ मत प्राप्त...
काठमाडौँमा कांग्रेसको नगर अधिवेशन आज हुँदै
काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज काठमाडौंमा नगरअधिवेशन हुँदैछ । एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौंमा आज अधिवेशन हुने कांग्रेसले जनाएको छ । दक्षिणकाली नगरपालिकाबाहेक सबै नगरमा अधिवेशन हुने कांग्रेसले जनाएको छ । दक्षिणकाली नगरपालिकाको एक वडामा अधिवेशन नभएकाले त्यहाँ अर्को मितिमा नगरअधिवेशन हुने जनाइएको...
हेर्नुहोस् केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको पूर्णपाठ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हानसहितको राजनीतिक प्रतिवेदन तयार पारेका छन् । ४४ पृष्ठमा समेटिएको ओलीको प्रतिवेदन शुक्रबार सुरु भएको विधान महाधिवेशनमा प्रस्तुत गरिएको थियो । देशभित्र राजनीतिक अवस्था, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय परिस्थिति पार्टीको भावी कार्यदिशा...
प्रचण्ड र नेपाल षडयन्त्रकारी हुन् –एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफु नेतृत्वको सरकार ढाल्न घेराउ, मोर्चाबन्दी र अवरोध गरेको आरोप लगाएका छन् । एमाले विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफु सरकारको नेतृत्वमा हुँदा नेता...
एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदै
मकवानपुर । नेकपा एमालेको विधान महाधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ । महाधिवेशन ललितपुरको गोदावरीमा हुने जनाइएको छ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको ठूलो भेला हुन लागेको हो । विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ...
राष्ट्रियसभाको बैठक सोमबारको लागि सर्यो
मकवानपुर । आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सोमबारको लागि सारिएको छ । संसद सचिवालयले विज्ञप्ति जारी गर्दै १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारिएको जनाएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा बैठक सोमबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ ।...
प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि अवरोध कायमै राखेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउनेवित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठकमा अवरोध गरेका हुन् । बैठकमा सभामुख सापकोटाले संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्दा संसदमा छलफल हुन नसक्ने...










