कांग्रेस मकवानपुरगढी–२ को आयोजनामा चियापान कार्यक्रम

तु खबर संवाददाता
२०७८ आश्विन २५,सोमबार १५:२४

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ ले बडा दशैं, शुभदिपावली, छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना भएको छ । कांग्रेस गढी–२ का सभापति रामप्रसाद पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता तथा कांग्रेसम मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।

कांग्रेस जिल्ला सचिव बुद्ध लामाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा प्रशिक्षण विभाग सह–संयोजक दोर्जे लामा स्याङ्तान, संघीय सभापति यतिराज सापकोटा, दामोदर खनाल, क्षेत्रीय सभापति तारा चौलागाई, कांग्रेस मकवानपुरगढी गाउँपालिकाका सभापति राजवीर मोक्तान, कांग्रेस गढी–२ का अध्यक्ष बखानसिंह पाख्रीन, नेपाल तरुणदल जिल्ला सचिव सचित थापालगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै, सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ८० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले, नेकपा माआवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत विभिन्न पार्टी परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुमा प्रमुख अतिथि बानियाँले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । उक्त कार्यक्रममा पार्टीको कार्यालय संचालनको लागि नेपाली कांग्रेस गढी–२ को कोषमा क्षेतिय प्रतिनिधि लुकमणि राज स्याङ्तानले २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।