विगतको तुलनामा सांस्कृतिक पर्वमा विभेद छैन : मुख्यमन्त्री शाक्य

तु खबर संवाददाता
२०७८ आश्विन २४,आईतवार १६:१६

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विगतको तुलनामा अहिले सांस्कृतिक पर्वमा विभेद नभएको बताएकी छिन् । आइतबार अपराह्न बागमती प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा बडा दशैं, शुभ दिपावली, छठको शुभकामना दिँदै विगतको तुलनामा अहिले एकताबद्ध भएर चाडपर्व मनाउन थालेको बताइन् ।

उनले विगतको तुलनामा सांस्कृतिक पर्वहरुमा हुने गरेको विभेदहरुलाई हटाउँदै परम्परागत शैलीलाई जोगाएर सांस्कृतिक रुपान्तरण गर्नु आजको आवश्यकता रहेको बताइन् । उनले लहरुले राष्ट्रको सार्वभौम, राष्ट्रियताको सम्बद्र्धन गर्ने र जनताको बृहत हित र मानव अधिकारको संरक्षणको लागि प्रमुख एजेण्डा बनाई अघि बढ्नुपर्ने खाचो औल्याएकी थिइन् ।

मुख्यमन्त्री शाक्यले दलका शीर्ष नेताहरुले पद, प्रतिष्ठालाई भन्दा नेपाल र नेपालीलाई केन्द्रविन्दुरमा राखेर विकासको लागि राजनीति गर्दा संविधानको भविष्य जीवन्त हुने विश्वास व्यक्त गरिन् ।  धेरै राजनीतिक छलफलपछि गणतन्त्रमा आइपुगेको बताउँदै महत्वपूर्ण राजनीति हारिल गरिसकेको उनको भनाई छ । अब सकै नेपाली समाजवादको लक्ष्य लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।