बागमती प्रदेशसभाको नवौं अधिवेशन बैठक सुरु

तु खबर संवाददाता
२०७८ आश्विन २४,आईतवार १५:२८

मकवानपुर । बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक सुरु भएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेशसभाको नवौं अधिवेशन बैठक बस्न लागेको हो । सो बैठकमा प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी रहेको छ ।

बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् । त्यस्तै, प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसदहरु रहेका छन् ।