राजनीति/ समाज
राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज, केहीदिनमै मन्त्रिपरिषद विस्तार हुने
काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश खोज गरेकी हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर...
एकीकृत समाजवादी युवा संघ मवानपुरको अध्यक्षमा बल
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन युवा संघ मकवानपुरको जिल्ला कमिटी घोषणा भएको छ । शनिबार एकीकृत समाजवादी मकवानपुरले आयोजना गरेको शपथ ग्रहण तथा कार्यकर्ता भेलामा केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा युवा संघ मकवानपुरको घोषणा गरेको हो । घोषित जिल्ला कमिटीको आइतबार शपथ ग्रहणसमेत सम्पन्न भएको छ...
एकीकृती समाजवादी मकवानपुरले तोक्यो पालिका इन्चार्ज
मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला कमिटीको पहिलो बैठक आइतबार सम्पन्न भएको छ । बैठकबाट मकवानपुरका १० वटै पालिकाको इन्चार्ज, सचिवालयका सदस्य, प्रचार विभाग प्रमख तथा आर्थिक विभाग प्रमुख चयन गरेको छ । बैठकले एकीकृत समाजवादी मकवानपुरकी उपाध्यक्ष मिना कुमारीलाई हेटौंडा उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारी तोकेको छ । यस्तै,...
कांग्रेस हेटौंडाका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको शनिबार सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा नगर कार्यसमितिको आयोजनामा भएको एक कार्यक्रमबीच निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा नवनिर्वाचित नगर सभापति उत्सब इटेनी, उपाध्यक्ष रामकृष्ण कोइराला,...
कांग्रेस मकवानपुरको १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न, हेटौंडाको सभापतिमा इटेनी
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार मकवानपुरको १० वटै पालिकामा अधिवेशन सम्पन्न भएको छ । जिल्लाको स्थानीय तहमा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ । कांग्रेस मकवानपुरका अनुसार, अधिवेशानबाट जिल्लाको बकैया र ईन्द्रसरोवर गाउँपालिकामा सर्वसम्मत र हेटौंडा उपमहानगरपालिकासहित अन्य स्थानीय तहमा निर्वाचन...
कांग्रेस गाउँ अधिवेशन : बकैयामा भोम्जन, राक्सिराङमा जिम्बा
मकवानपुर । नेपाली कांग्रेस बकैया गाउँपालकाको सभापतिमा दिलबहादुर भोम्जन चयन भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट सभापतिमा भोम्जन सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले भोम्जनको संयोजकत्वमा ६७ सदस्यीय गाउँ ससमिति चयन गरेको छ । यस्तै, सो अधिवेशनबाट उपसभापतिमा सोमबहादुर तिमल्सिना र लोकेन्द्र माझी, सचिवमा बलराम...
कांग्रेस गाँउ अधिवेशन : कैलाशको सभापतिमा घिसिङ
मकवानपुर । नेपाली कांग्रेस कैलाश गाउँपालिकाको सभापतिमा राजेन्द्र घिसिङ निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट सभापतिमा घिसिङ निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी गुणराज स्याङ्तानलाई ९९ मत अन्तरले पराजित गरेका हुन् । सभापति घिसिङले १३७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी...
कांग्रेस थाहा नगर सभापतिमा जोशी
मकवानपुर । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा प्रमोदकृष्ण जोशी निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट सभापतिमा जोशी निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी भरत गोपालीलाई २८ मत अन्तरले पराजित गरेका हुन् । सभापति जोशीले १०९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी गोपालीले...
कांग्रेस बागमती गाउँपालिकाको सभापतिमा तिमल्सिना निर्वाचित
मकवानपुर । नेपाली कांग्रेस बागमती गाउँपालिकाको सभापतिमा फणिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको गाउँ अधिवेशनबाट तिमल्सिना निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी दिल्ली प्रसाद घोरासाइनीलाई १४ मतले पराजित गरेका हुन् । सभापति तिमल्सिनाले कूल खसेको १५१ मत मध्ये ७५ मत प्राप्त गरेका थिए भने उनका...
कांग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा मोक्तान निर्वाचित
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट मोक्तान सभापतिमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी अर्जुन दाहाललाई ३७ मत अन्तरले पराजित गरेका हुन् । सभापति मोक्तानले ८७ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी दाहालले...









