एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा नेपाललाई

तु खबर संवाददाता
२०७८ आश्विन २१,बिहीबार १६:३१
file-photo

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

सत्तारुढ दलहरुबीच एकीकृत समावादीले ४ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति छ । तर, मन्त्रालय टुंगो लगिसकेको छैन । त्यसका लागि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक अहिले बस्दैछ । यसअघि मंगलबारे बसेको सत्तारुढ दलको बैठकले मन्त्रालयको भागबण्डा गर्दा काँग्रेसलाई ७, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई ४–४ मन्त्रालय पाउने गरी छलफल भएको थियो ।