आज पनि भएन मन्त्रिपरिषद् विस्तार

तु खबर संवाददाता
२०७८ आश्विन २१, बिहीबार १७:५५
file-photo

काठमडाौं । आज (बिहिबार) पनि मन्त्रिपरिषद् हुन सकेन । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागबण्डाको विषयमा विवाद भएपछि आज पनि मन्त्रिपरिषद विस्तार हुन नसकेको स्रोतको भनाई छ ।

गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारको लागि मन्त्रालय भागबण्डा लगाएको थियो । सो बैठकले नेपाली कांग्रेसलाई ८, नेकपा माओवादी केन्द्रलाई ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई ४–४ वटा मन्त्रालय दिने निर्णय गरेको थियो । तर, मन्त्रालयका विषयमा दलहरुबीच कुरा नमिलेका कारण बिहीबार पनि मन्त्रिपरिषद विस्तार हुन नसकेका स्रोतले बतायो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन नेकपा एकीकृत समाजवादी पार्टीले भने थप एक मन्त्री पनि पाउनुपर्ने जनाएको छ ।