भारत जाँदै कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाँदैछन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
सभापति देउवा इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन लागेका हुन् ।
उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने बुझिइएको छ । उक्त कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुनेछन् ।