‘प्रदेशका राजधानी र नाम पञ्चायतकालीन अञ्चलभन्दा फरक छैनन्’

तु खबर संवाददाता
२०७६ माघ १४,मंगलवार १८:३१
file-photo

हेटौंडा, १४ माघ । संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानले अगाडि सारेका संघीयता र समावेशिता खोसिँदै गएका बताए ।

प्रदेश राजधानीका नाम तोकिएका विषयलाई जोड्दै उनले भने, ’अहिलेका प्रदेशहरु पञ्चायतकालीन अञ्चलभन्दा फरक छैनन् ।’ उनले यसअघि सार्वजनिक कार्यक्रमहरुमा तत्कालिन प्रदेश नम्बर ३ को नाम नेवाः ताम्सालिङ राख्नुपर्ने धारणा राख्दै आएका थिए । पुस २७ गते बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम बागमती पारित गरिसकेको छ ।

मंगलबार प्रतिनिधिसभामा धारणा राख्दै उनले प्रदेशको नाम र राजधानी तोक्ने क्रममा संघीयता र समावेशिताको मर्म विपरीतका काम भएको टिप्पणी गरे ।

‘पछिल्ला घटनाक्रमबाट संविधानले अगाडि सारेका संघीयता समावेशिता जस्ता मुद्दा खोसिएका छन्, संघीयता नाममात्रको हुँदै गएको छ’ उनले भने ‘प्रदेशका जुन ढंगले नामाकरण र राजधानी किटिँदैछन् । हिजो पञ्चायतको अञ्चल भन्दा फरक छैन ।’

भट्टराईले जनयुद्ध, मधेस आन्दोलन, जनजाति र थरुहट आन्दोलनको माग विपरीत प्रदेशको नामाकरण र राजधानी तोकिएको टिप्पणी गरेका छन् ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*