समाचार

कस्तो रहला दिनभरको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशको केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । यस्तै, आज...

संघीय संसद्को बजेट अधिवेशन आजबाट

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अधिवेशनको रुपमा चिनिने बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुबै सदनको बैठक आह्वान गरे अनुसार बजेट अधिवेशन सुरु हुन लागेको हो । बैठक नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन...

झण्डै एक करोड रकमसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट झण्डै एक करोक रकमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना पुरुष रहेका छन् । दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । उनीहरुलाई प्रहरीले हुन्डीको ९८ लाख...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित पक्राउ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौं थली बस्ने २३ वर्षीय रोशन रानाभाट रहेका छन् । उनीहरुलाई...

मुख्यमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उक्त रिट निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दर्ता गराएका हुन् । दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ । साथै...

मकवानपुरमा बैंकिङ कसुरका घटना बढ्दो

मकवानपुर । मकवानपुर जिल्लामा पछिल्लो सयम बैंकिङ कसुरका घटना बढ्दै गएको छ । जिल्लामा अघिल्लो वर्षहरुको तुलनामा बैंकिङ कसुरका घटना बढ्दै गएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ । प्रहरीको तथ्याङ्क अनुसार, जिल्लामा चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो ९ महिनाको अवधिमा गत आर्थिक वर्षको तुलनामा बैंकिङ कसुरका...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णयहरु

मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बिहीबार बसेको बैठकले विभिन्न निर्णय गरेको सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दिपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए । यस्तै, बैठकले यही वैशाख २१ गते दिनको १...

बागमती प्रदेश सभाको बजेट अधिवेशन आह्वान गर्न सिफारिस

मकवानपुर । बजेट अधिवेशनको रुपमा रहेको बागमती प्रदेश सभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिने भएको छ । बिहीबार सम्पन्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि बर्खे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने...

सर्वोच्चका सबै सुनुवाइ स्थगित

काठमाडौं । सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित गरिएको छ । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि तोकिएका सबै पेशीको सुनुवाइ स्थगित गरिएको हो । पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ । आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि...

अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, कैलाली र कपिलवस्तु जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ...