यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०८१ जेष्ठ ७,सोमबार ०९:३९
file-photo

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सो प्रभावको कारण आज बिहान बागमती, कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेश लगायत पहाडी भू–भागमा बादल लागेको छ ।

साथै काठमाडौं उपत्यकासहित कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा वर्षा पनि भइरहेको जनाइएको छ ।

महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।