सभामुख घिमिरेद्वारा प्रमुख सचेतकहरुको बैठक आह्वान

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक सञ्चालनका सम्बन्धमा छलफल गर्न प्रमुख सचेतकहरुको बैठक आह्वान गरेका छन् ।
सभामुख घिमिरेले बिहान साढे १० बजे बस्ने गरी प्रमुख सचेतकहरुसँगको बैठक आह्वान गरेका हुन् ।
प्रतिनिधि सभाको बैठक भने बिहान ११ बजे गरी बोलाइएको छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेसले दुबै सदनको बैठक अवरुद्ध गर्दै आएको छ ।