समाचार
विद्यार्थी भिसाका लागि कठिन बन्दै अष्ट्रेलिया
काठमाडौँ । नेपाली विद्यार्थीहरुको रोजाइमा परेको अष्ट्रेलिया पछिल्लो आप्रवासन नीतिका कारण कठिन बन्दै गएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको अत्यधिक चाप बढेपछि अष्ट्रेलियाले आप्रवासन रणनीति कार्यान्वयन गर्ने क्रममा विद्यार्थीले जम्मा गर्नुपर्ने रकम बढाएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाइएको हो । अष्ट्रेलिया जान चाहाने...
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे संसद् भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने जनाइएको छ । बजेट अधिवेशनको पहिलो बैठक यही वैशाख...
५१९ इन्स्पेक्टरहरुको सरुवा, को कहाँ पुगे हेर्नुहोस्
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ५१९ जना इन्स्पेक्टरहरुको सरुवा गरेको छ । जेठ महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रभाग नागढुंगामा हेम कुमार थपलियालाई सरुवा गरिएको छ । इन्स्पेक्टर हरि वलीलाई जिल्ल ट्राफिक प्रहरी कार्यालय धनुषामा...
आज मातातीर्थ औँसी, आमाप्रति श्रद्धा भक्तिसहित मनाइँदै
काठमाडौँ । आज मातातीर्थ औँसी मनाइँदैछ । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी यस पर्वलाई मनाउने प्रचलन छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भन्ने गरिन्छ । पञ्चाङ्ग निर्णायक विकास...
‘पाँचौँ राष्ट्रिय मह मेला २०८१’ आयोजना हुँदै
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘पाँचौँ राष्ट्रिय मह मेला २०८१’ आयोजना हुँदैछ । उक्त मेला नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गर्न लागेको हो । मह उत्पादक किसानलाई बजारसम्म जोड्ने मुख्य उद्देश्यले भोलि वैशाख २६ देखि ३० गतेसम्म पाँच दिने सो मेला आयोजना गर्न लागेको महासंघले जनाएको छ ।...
पानी परेसँगै वायु प्रदूषणमा न्यूनिकरण
काठमाडौं । देशभर विभिन्न स्थानमा पानी परेसँगै वायु प्रदूषणमा न्यूनिकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को मंगलबारको तथ्याङ्क अनुसार, काठमाडौं उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषणमा न्युनीकरण भएको हो । वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको...
१३ जना भारतीय नागरिक पक्राउ
रूपन्देही । अनलाइन फेयर प्ले बेटिङ साइट जुवा (सट्टावाजी) मा संलग्न रहेको अभियोगमा सोमबार रूपन्देहीबाट १३ जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत राजस्थान हनुमाननगर मस्तवानी हर्ड पंचायत बस्ने २१ वर्षीय भिम सेन समेत १३ जना भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित एक...
बागमती प्रदेशस्तरको युवा सम्मेलनको तयारी पूरा
मकवानपुर । बागमती प्रदेशस्तरको युवा सम्मेलनको तयारी पूरा भएको छ । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएका हुन् । यही वैशाख २८, २९ र ३० गते प्रदेशको १३ जिल्लाका युवाको सहभागितामा युवा सम्मेलन हुँदैछ । सम्मेलनमा २ सय भन्दा बढी...
मंगलबार नेप्सेमा सामान्य अंकको वृद्धि
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ । अघिल्लो दिन १५ अंकमाथिले घटेको नेप्से सूचक मंगलबार २ दशमलव ०६ अंकले बढ्दै १९६० दशमलव ८१ अंकमा उक्लिएको हो । २ अंकले नेप्से सूचक वृद्धि भएको बजारमा मंगलबार कारोबार समेत बढेको छ । मंगलबार २ अर्ब...
गाँजासहित मकवानपुरका तीन जना पक्राउ
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ माईङ्गा खोलाबाट अवैध लागूऔषध गाँजासहित सोमबार तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–३ बस्ने २३ वर्षीय राजेन्द्र घिसिङ, सोही गाउँपालिका–४ बस्ने २७ वर्षीय बिबेक प्रजा र हेटौंडा उपमहानगरपालिका–१८ बस्ने २२ वर्षीय उत्तम पाख्रिन रहेका छन् । उनलाई पर्सा राष्ट्रिय निकुन्जमा सुरक्षार्थ...









