समाचार
बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरमा काठमाडौं लगियो
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई मंगलबार दिउँसो सेनाको हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ । कार्यक्रमको सिलसिलामा सिन्धुली पुगेका उनी अस्वस्थ भएपछि सेनाको हेलिकप्टरमा काठमाडौं लगिएको हो । उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ । मुख्यमन्त्री जम्कट्टेललाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
शीर्ष नेताहरुको छलफल विना निष्कर्ष टुंगियो
काठमाडौं । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल विना निष्कर्ष नै टुंगिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार झण्डै तीन घण्टा भएको छलफल निष्कर्ष विनै टुंगिएको हो । उत्तल छलफलमा नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग दोहोर्याएको थियो भने सत्ता पक्षले...
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र बाघ मृत अवस्थामा फेला
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुलर्भ एक सिंगे गैंडा र एक पाटे बाघ मृत अवस्थामा फेला परेका छन् । निकुञ्जको कोर क्षेत्र भिमपुरमा बाघ र नवलपरासीको कावासोती–१५ स्थित मध्यवर्ती क्षेत्रमा गैंडा मृत अवस्थामा फेला परेको निकुञ्नका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गैंडाको खाग, खुर सुरक्षित रहेकाले प्राकृतिक...
मकवानपुरमा बसले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ सुनाचुरी भुलचोकमासोमबार बसले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको बा ९३ प २७३४ नम्बरको स्कुटरलाइ सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०३००१ ख २३१८ नम्बरको बसले ठक्कर दिँदा दुई जना घाइते भएको...
जलेर घाइते भएका दुई बालिकाको मृत्यु
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा जलेर घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको छ । आगलागीमा जलेर घाइते भएका ८ वर्षीया प्रिया गिरी र ३ वर्षीया एलिसा गिरीको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । आइतबार ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित...
९ वर्षपछि पक्राउ परे मकवानपुरका आले
मकवानपुर । कर्तव्य ज्यान मुद्दामा फरार रहेका मकवानपुरका शंकर आले ९ वर्षपछि पक्राउ परेका छन् । मकवानपुरको साविक चित्लाङ गाबिस–३ सिरूपाटा ठेगाना भएका ४७ वर्षीय आलेलाई आइतबार नवलपरासीबाट पक्राउ परेका हुन् । मकवानपुरको साविक मार्खु गाबिस–४ बस्ने पूर्ण बहादुर बिष्टको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ...
आज तीन वटा संसदीय समितिको बैठक आह्वान
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक आह्वान गरेको छ । कानून, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आह्वान गरिएको हो । जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ ।...
चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु
अछाम । अछाममा गएराति चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारी रहेका छन् । उनको हुरीबताससँगै परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको केही प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । साथै आज देशभर आंशिकदेखि साधरणतया बदली रही देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा...
जसपा नेपालको संसदीय दलको बैठक बस्दै
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक आज बस्दैछ । बैठक अहिले केही बेरपछि पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा समसामायीक विषयमा छलफल हुने बताइएको छ । यो पार्टी हालै विभाजित भएको छ । विभाजनको वैधताबारे पनि पार्टीमा छलफल...










