कटुवा पेस्तोलसहित युवक पक्राउ
काठमाडौं । काठमाडौंको कपनबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
पक्राृ पर्नेमा सिन्धुपाल्चोक घर भएका २३ वर्षीय अर्जुन दर्नाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनलाई बूढानिलकण्ठ नगरपालिका–११ स्थित सिमलटारबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार, सिन्धुपाल्चोकको हेलम्बु घर भएका दर्नालले ‘म सँग पेस्तोल छ’ भनेर कपनका स्थानीयहरूलाई धाकधम्की दिने गरेका थिए ।
आरोपितलाई प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
