समाचार

निर्वाचन आयोगले अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने

काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विद्रोह गरेका नेताहरूले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।...

सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनमा आएको अवसरमा र्याली

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वयनमा आएको अवसरमा र्याली कार्यक्रमको आयोजना गरिएको छ । प्रदेशमा आजबाट औपचारिक रूपमा नेवाः (नेपाल) र तामाङ भाषा सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयनमा आएको अवसरमा तामाङ र नेपाल भाषा दिवस मूल समारोह समिति मकवानपुरले र्याली कार्यक्रमको आयोजना गरेको...

रास्वपाद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ । रास्वपाले मंगलबार बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान गरेको पार्टीका सहमहामन्त्री मनीष झाले जानकारी दिए । बैठक यही वैशाख २८ गते बस्ने गरी आह्वान गरिएको हो । संसद् बैठकको तयारीका लागि...

अवैध लागूऔषधसहित ९ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, कैलाली, मोरङ र बाँके जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्रामसहित आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

शेयर बजार ओरालो लाग्यो

काठमाडौं । आज शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५ दशमलव ६२ अकंले घटेर १९५८ दशमलव ७५ बिन्दुमा बन्द भएको छ । यस्तै, आज ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब ८९ करोड १३ लाख १९ हजार...

भारतमा ट्याक्टर पल्टिँदा ५ जनाको मृत्यु

मध्य प्रदेश । भारतको मध्य प्रदेश राज्यको जबलपुरबाट ट्याक्टर पल्टिएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । तीव्र गतिमा गइरहेको ट्याक्टर पल्टिएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर ४ जना नाबालिग र एक जना १८ वर्षका युवकको मृत्यु भएको जनाइएको छ । घटना जबलपुरको...

मानवबेचबिखन गरेको अभियोगमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनदै कुवेत पुर्याइ मानवबेचबिखन गरेको अभियोगमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटी रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट...

एकीकृत समाजवादीको तीन वटै बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको तीन वटै बैठक सरेको छ । एकीकृत समाजवादीको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सरेको हो । यसअघि एकीकृत समाजवादीले वैशाख २६ गते स्थायी कमिटी, २७ गते पोलिटब्युरो तथा वैशाख २८ र २९ गते केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो । आन्तरिक तयारी नपुगेका...

कतार एयरवेजको जहाजमा धुवाँ देखिएपछि…

काठमाडौं । काठमाडौंबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ । विमानको पुच्छरमा धुवाँ देखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ । उड्ययन कार्यालयका अनुसार, उड्नका लागि पुसब्याक गर्दा धुवाँ देखिएपछि चेकजाँच गरिएको छ ।

हेटौंडामा दक्ष प्रसुतीकर्मी तालिम केन्द्र स्थापना

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा दक्ष प्रसुतीकर्मी (एसबीए) तालिम केन्द्र स्थापना गरिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य तालिम केन्द्र काठमाडौंको आर्थिक सहयोगमा उक्त तालिम केन्द्रको स्थापना गरिएको हो । उक्त केन्द्रको आइतबार एक कार्यक्रमबीच प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले उद्घाटन गरेका...