स्वर्गीय भण्डारीको शालिकमा माल्यार्पण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित सहिद स्मारकमा रहेका नेकपा एमालेका जननेता स्वर्गीय मदन भण्डारी शालिकमा माल्यार्पण गरिएको छ ।
भण्डारीको ३१ औँ स्मृति दिवसको उपलक्ष्यमा बिहीबार एक कार्यक्रमबीच शालिकमा श्रद्धापूर्वक माल्यार्पण गरिएको हो ।
बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री एकालाल श्रेष्ठले उनको शालिकमा माल्यार्पण गरेका थिए ।
त्यसैगरी, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेश सभाका उपाध्यक्ष अप्सरा चापागाईँ, बागमती प्रदेशका मन्त्रीहरुले पनि स्व. भण्डारीको शालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
त्यसैगरी, सोही स्मृति दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित मदन स्मारकमा रहेको शालिकमा पनि आजै पुष्पगुच्छा अर्पण गरिएको थियो ।
