प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ ७ गते विश्वासको मत लिँदैछन् ।
चौथो पटक विश्वासको मत लिनेबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराएको जनाइएको छ ।
जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।