समाचार

हेटौंडा आउँदै गरेको बस भीमफेदीमा दुर्घटना, ५ जना घाइते

मकवानपुर । चित्लाङबाट हेटौंडातर्फ आउँदै गरेको बस भीमफेदी–कुलेखानी सडकखण्ड अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ जुरीखेतमा दुर्घटना भएको छ । ना.५ ख १५९० नम्बरको उक्त बस आइतबार आफै अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किँर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उक्त दुर्घटनामा परेर पाँच जना घाइते...

गरिमा विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी ‘समूह क’ का केही शेयरधनीहरूको स्वामित्वमा रहेको चार लाख २६ हजार ९९० दशमलव ३० कित्ता शेयर बिक्री गर्न लागेको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउने...

राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै

काठमाडौं । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकारबाही, आर्थिक कूटनीति, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका...

रकेट आक्रमणमा परेर तीन इजरायली सैनिकको मृत्यु

तेल अभिभ । केरेम शालोम पोस्टमा भएको रकेट आक्रमणमा परेर तीन इजरायली सैनिकको मृत्यु भएको छ । केरेम शालोम पोस्टमा हमासले गरेको रकेट आक्रमणमा परेर तीन इजरायली सैनिकको मृत्यु भएको इजरायलले दाबी गरेको छ । यो घटनापछि इजरायलले केरेम शालोम पोस्ट बन्द गरेको छ । केरोम शालोम चेकपोइन्ट गाजामा...

हेटौंडामा प्रदेश विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरिएको छ । प्रदेश सरकारले हेटौंडा–७, कमानेस्थित प्रदेश शिक्षा निर्देशनालयको भवनमा प्रदेश विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेको हो । उक्त सम्पर्क कार्यालयको आइतबार एक कार्यक्रमबीच प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका थिए । सम्पर्क कार्यालय स्थापना कार्यक्रममा बागमती...

बागमतीमा आजबाट नेवाः/तामाङ भाषा सरकारी कामकाजको रुपमा लागू हुँदै

मकवानपुर । बागमती प्रदेशमा आजबाट सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन हुँदैछ । प्रदेश सरकारले आजबाट औपचारिक रूपमा नेवाः (नेपाल) र तामाङ भाषा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्न लागेको हो । गत २०८० असोज २२ मा बागमती प्रदेश सभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यस्तै, कोशी र गण्डकी प्रदेशका...

बागमती प्रदेशमा आज सार्वजनिक विदा

मकवानपुर । बागमती प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेशमा नेवाः भाषा (नेपाली भाषा) र तामाङ भाषा सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको हो । प्रदेशको गत वैशाख १२ गते बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते सार्वजनिक विदा...

बागमती प्रदेशः आगलागीमा परेर निधन भएका परिवारलाई एक लाख राहत

मकवानपुर । बागमती प्रदेश सरकारले आगलागीमा परेर निधन भएका पीडित परिवारलाई राहत स्वरुप एक लाख रुपैयाँ दिने भएको छ । प्रदेशको आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकले केही दिनअघि प्रदेशको ललितपुर र...

उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने भएको छ । प्रदेशको आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार, ऐनको दफा १३ को (५)...