नेप्सेमा झिनो अंकको सुधार

तु खबर संवाददाता
२०८१ जेष्ठ ३,बिहीबार १६:३०
file-photo

काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्सेमा झिनो अंकको सुधार आएको छ ।

बुधबारको तुलनामा बिहीबार नेप्सेमा झिनो अंकको सुधार आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

बुधबार ९ दशमलव ५४ अंकले घट्दै २ हजार १७ अंकमा झरेको नेप्से सूचक आज ० दशमलव ७९ अंकले बढ्दै २ हजार १८ दशमलव ७६ अंकमा उक्लिएको हो ।

यस्तै, आज ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँ बराबरको ८२ लाख ८२ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।