२१ अंकले घट्यो नेप्से, ५ अर्ब ४७ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन शेयर बजार परिसूचक (नेप्से) २१ अंकले घटेर २६०९.५८ बिन्दुमा आएर रोकिएको छ ।
यस्तै, आज ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री हुँदा कुल ५ अर्ब ४७ करोड ४८ लाख मूल्यको कारोबार भएको छ ।
यसदिन ६९ कम्पनीको मूल्य बढेको छ भने १७२ कम्पनीको मूल्य घटेको छ ।