३३ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८१ पुष १६,मंगलवार १५:२६

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३३ अंकले घटेको २५७६ बिन्दुमा ओर्लिएको हो ।

यसदिन कुल २१३ कम्पनीको मूल्य घटेको छ । २८ कम्पनीको मूल्य सामान्य अंकले मात्रै बढेको छ भने तीन कम्पनीको मूल्य स्थिर रहेको छ ।

मंगलबार ३०८ वटा कम्पनीको १ करोड ३१ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६७ करोड ४६ लाख मूल्यको सेयर कारोबार भएको छ ।