समाचार

निमावि शिक्षकको सामान्यतर्फको नतिजा प्रकाशित

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) तृतीय श्रेणी शिक्षक पदको सामान्यतर्फ खुला लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो । आयोगले ९ वटा विषयको ८४० रिक्त पदको लागि गत वर्षको वैशाख ८ मा सञ्चालन गरेको परीक्षाको नतिजा शनिबार प्रकाशित गरेको हो । प्रकाशित नतिजा अनुसार कोशी प्रदेशमा...

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ । यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विक रहेका छन् । प्रहरीका अनुसार, जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना भएको...

वनमा आगो लगाएको आरोपमा पाँच जना पक्राउ

काभ्रे । जङ्गलमा आगो लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन् । छुट्टाछुट्टै जंगलमा आगो लगाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ,...

मामाघर नेपालमा खाद्यान्न तथा फलफूल सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित मामाघर नेपाललाई खाद्यान्न तथा फलफूल सहयोग भएको छ । मामाघर नेपाललाई नेपाल विधुत प्राधिकरण कर्मचारी युनियनले खाद्यान्न तथा फलफूल सहयोग गरेको हो । कर्मचारी युनियनले आफ्नो ३४ औं स्थापना दिवसको अवसरमा उक्त खाद्यान्न तथा फलफूल सहयोग गरेको हो । कर्मचारी युनियन...

भीम विराग कला प्रतिष्ठानद्वारा ९ जना सम्मानित

मकवानपुर । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले ९ जनालाई सम्मान गरेको छ । शनिबार हेटौंडामा प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी विभिन्न विधाका ९ जनालाई सम्मान गरेको हो । भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८० बाट सुनसरीका साहित्यकार कुन्ता शर्मालाई, भीम विराग राष्ट्रिय कला पुरस्कार २०८० मकवानपुरका कलाकार...

नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको दोदा नदीमा शनिबार नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार, नदीमा डुबेर अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा...

तीन वटा संसदीय समितिको बैठक आह्वान

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने गरी आह्वान गरिएको हो । जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ । बैठकमा केही नेपाल...

आजको मौसमः पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी...

बागमती प्रदेश प्रमुखद्वारा सिन्धु एकीकृत अर्गानिक फार्म तथा फार्मस्टे अवलोकन

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले शनिबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १, भोटेचौरस्थित सिन्धु एकीकृत अर्गानिक फार्म तथा फार्मस्टे अवलोकन गरेका छन् । २५ जना युवाले सिन्धु मल्टिपर्पोट कम्पनी प्रा.लि. मार्फत् विगत ५ वर्षदेखि सञ्चालन गर्दै आएको अर्गानिक फार्म तथा फार्मस्टे अवलोकन गर्दै प्रमुख शर्माले...